कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
बुधबार, १४ साउन २०८२, २१ : ३८
सारांश
- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
- पहिरोमा पुरिएर २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भयो।
- पहिरोमा घाइते भएका शुक्लागण्डकी माविका सहायक प्रधानाध्यापकको उपचार भइरहेको छ।
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रेस्थित सडक खण्डमा पहिरो खस्दा पोखरा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दिउँसो पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । उनी बंगुर फार्ममा दाना लिएर घाचोक जाँदै थिए । सोही पहिरोमा घाचोकस्थित शुक्लागण्डकी माविका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् ।
उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पोखरेल मोटरसाइकलमा थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण