रुपन्देही ३ का लागि भदौ १५ सम्म उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्लालाई महासचिव पोखरेलको पत्र
सारांश
- नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र न ३ को उपनिर्वाचनको तयारी सुरु गरेको छ।
- निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरेपछि पार्टीले उम्मेदवार सिफारिस गर्न थालेको हो।
- पार्टीले जिल्ला र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ, जसले १५ भदौभित्र नाम पठाउनुपर्नेछ।
काठमाडौं । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र न ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन आयोगले सांसद दीपक बोहराको निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ ।
निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएको छन्।
महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।
केन्द्रीय कार्यालय प्रमुख डाभीष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण