अपडेट
प्रदेश प्रमुख देवकोटा अस्वस्थ, बागमतीका ३ मन्त्रीकाे शपथ स्थगित
बिहीबार, १५ साउन २०८२, ०८ : ४५
सारांश
- बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित भएको छ।
- प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएका कारण शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो।
- प्रदेश प्रमुख उपचारका लागि काठमाडौँ गएका छन्, अर्को सूचना नआएसम्म कार्यक्रम स्थगित छ।
मकवानपुर । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।
सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण