सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
बिहीबार, १५ साउन २०८२, ०८ : ५८
सारांश
- उदयपुरगढीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- काठमाडौँबाट इटहरी जाँदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो।
- दुर्घटनामा चालक जीवन विकको मृत्यु भएको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
उदयपुर । आज बिहान ६ बजे उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।
शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।
उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण