शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पाँडेले सुरु गरे ‘झरीपछिको इन्द्रेणी’

बिहीबार, १५ साउन २०८२, ०९ : ०२
बिहीबार, १५ साउन २०८२

सारांश

  • फिल्म 'झरीपछिको इन्द्रेणी' को शुभ-मुहूर्त ललितपुरको धन्वन्तरी वाराही मन्दिरमा सम्पन्न भयो।
  • पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई अर्जुन घिमिरे 'पाँडे'ले निर्देशन गर्दैछन्, जो उनको डेब्यु हो।
  • रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ।

काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको धन्वन्तरी वाराही मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायाङ्कन पनि आजैबाट सुरु हुनेछ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन् । ‘पाँडे’को फिल्म निर्देशनमा यो डेब्यु हो ।

फिल्ममा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा खिचिने फिल्मको कथा कुमार बेन्जन्कारको हो भने पटकथा गणेश कार्कीले तयार गरेका हुन् ।

pandey

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप