मन्त्री हेरफेरबारे छलफल गर्न २ दलका शीर्ष नेता बालुवाटारमा
सारांश
- एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा भेला भएर मन्त्री हेरफेरबारे छलफल गरे।
- प्रधानमन्त्री ओलीले बजेटलगत्तै मन्त्री हेरफेर गर्ने सोच बनाएपनि कांग्रेसको निर्णय नहुँदा ढिलाइ भएको थियो।
- कांग्रेसले मन्त्री फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै पुरानै मन्त्रीलाई निरन्तरता दिने संकेत गरेको छ।
काठमाडौं । मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन् ।
बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भएको थियो । आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्नेछन् । नेपाली कांग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरुलाई निरन्तरता दिने सङ्केत गरेको छ ।
यदि बालुवाटार छलफलमा देउवाले आफ्नो पार्टीका मन्त्री नफेर्ने अडान राखे एमालेका केही मन्त्री फेर्न ओलीलाई बाटो खुल्ने छ । एमालेभित्र प्रधानमन्त्री ओलीलाई विवादित र कार्य सम्पादनमा कमजोर देखिएका मन्त्रीहरू परिवर्तन गर्न दबाब छ ।
एमाले स्रोतका अनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेबाहेकका मन्त्री परिवर्तन हुनसक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण