को होला नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्ष ?
सारांश
- नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्नेछ।
- पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएपछि नयाँ अध्यक्ष चयन गर्न लागिएको हो।
- अध्यक्षका लागि लालवीर चौधरीको चर्चा व्यापक छ, भने रामलाल डंगौरा पनि आकाङ्क्षी छन्।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्ने भएको छ । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको छ । सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डंगौराले आजको बैठकले नयाँ अध्यक्ष चयन गर्ने बताए ।
‘अध्यक्ष को हुने त्यो यसै भन्न सकिने अवस्था छैन तर आज कोही एक जनालाई अध्यक्षमा चयन गरी निर्वाचन आयोगलाई जानकारी गराउने तयारी छ’ उनले भने– ‘राष्ट्रिय भेलामा उपस्थित सबै जना अध्यक्षका आकाङ्क्षी छन्, त्यसमध्ये एक जनालाई अध्यक्षमा चयन गर्ने छौँ ।’
अध्यक्षमा लालवीर चौधरीको चर्चा व्यापक छ । लालवीर रेशम चौधरीका बुवा पनि हुन् । उनले स्वतन्त्रबाट चुनाव जितेका थिए । पार्टीमा उनलाई अभिभावकको भूमिकामा राखिएको छ । अध्यक्षका लागि विवाद देखिएको हुनाले अर्को महाधिवेशनसम्मका लागि लालवीरलाई अध्यक्ष बनाउने चर्चा पनि पार्टीमा छ ।
नेता डंगौराले भने– ‘लालवीरजीको पनि चर्चा छ, अरू अरूको पनि चर्चा छ, चर्चा हुनु स्वभाविक पनि हो, तर अध्यक्ष कसलाई बनाउने अधिकार राष्ट्रिय भेलालाई छ ।’ डंगौरा आफू पनि अध्यक्षको आकाँक्षी रहेका छन् ।
लालवीरलाई अध्यक्ष बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कुनै धारणा राखेका छैनन् । हिजो बैठकपछि सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘अध्यक्ष कसलाई बनाउने हो, त्यो अधिकार राष्ट्रिय भेलालाई छ, लालवीर चौधरी बन्नुपर्छ भने मेरो चाहना होइन, उहाँ नबन्दा नै राम्रो तर सबैको चाहना भयो भने उहाँ पनि बन्न सक्नुहुन्छ, अरू पनि आकाङ्क्षी हुनुहुन्छ ।’
आज पुरानो बानेश्वरमा दोस्रो दिनको राष्ट्रिय भेला सुरु हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण