बालुवाटारमा दुई दलको बैठक, मन्त्री हेरफेरबारे छलफल नै भएन
सारांश
- सत्ता साझेदार एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।
- छलफलमा संघीय सरकारका मन्त्री हेरफेरबारे कुनै कुरा भएन, तर सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनेबारे छलफल भयो।
- बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा गर्दै समस्या समाधान गर्नेबारे कुराकानी भयो।
काठमाडौँ । मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न सत्ता साझेदार एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार छलफल सकिएको छ । दुई दलका शीर्ष नेता सहभागी बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नै नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
नेता खड्काका अनुसार छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको छ ।
‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन’, खड्काको भनाइ छ । उनले बागमती सरकारबारे सामान्य समीक्षा भएको छ । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो’, खड्काले भने, ‘हामीले बागमतीको समस्या चाँडै हल गर्छौ भन्यौ ।’
त्यसबाहेक समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण