भूमिसम्बन्धी विधेयकमा संसदीय समितिले खोज्यो प्रदेश र स्थानीय तहको चासो
सारांश
- भूमिसम्बन्धी विधेयकमा संसदीय समितिले प्रदेश र स्थानीय तहको चासो बुझ्ने भएको छ।
- शुक्रबार प्रदेशका भूमि हेर्ने मन्त्रालयका प्रतिनिधि, नगर तथा गाउँपालिकाका प्रतिनिधिसँग छलफल हुनेछ।
- कांग्रेस सांसदको दबाबपछि विधेयक समितिमा पठाइएको थियो, जसमा ५५ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
काठमाडौँ । भूमिसम्बन्धी विधेयकमा संसदीय समितिले प्रदेश तथा स्थानीय तहको चासोबारे बुझ्ने भएको छ । संसद्को प्रतिनिधिसभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले यो सम्बन्धमा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि संस्थासँग छलफल गर्न लागेको हो ।
यसका लागि शुक्रबार सबै प्रदेशको भूमि हेर्ने मन्त्रालयका प्रतिनिधि, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिलाई बोलाएको छ । साथै भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वसँग छलफल गर्ने समितिले जनाएको छ ।
यसअघि सरकारले उक्त विधेयक सरोकारवालासँग छलफल नै नगरी समितिबाट पास गर्ने प्रयास गरेको थियो । कांग्रेसका केही सांसदको दबाबपछि उक्त विधेयकलाई समितिमा पठाइएको थियो ।
यसअघि प्रतिनिधिसभाका ५५ सांसदले यसमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सैद्धान्तिक छलफल भइसकेको विधेयकमा सरोकारवालाको छलफलपछि दफावार छलफल प्रारम्भ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण