एउटै मञ्चमा १४ तीज गीत सार्वजनिक
काठमाडौँ । एकै स्टेजबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा बिहीबार आयोजित कार्यक्रममा सामूहिक तीज गीत विमोचन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, सांसद सोविता गौतम, गायक राजु परियार, घमेश दुलाल, बद्री पङ्गेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापा लगायतले गीत सामूहिक विमोचन गरे ।
विमोचन हुने गीतहरूमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौँ’, भिमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुम्बु सुनारको – ए आमा ’, यामप्रसाद निउरेको चोली फाटेको’, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारीको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिँदैन रानी हार , मदन ढकालको माइतीको दैलो , विजय अनुरागी ए मैया, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन् ।
कार्यक्रममा सांसद गौतमले गीत सङ्गीतमा विकृति, विसङ्गति बढ्नु चिन्ता जनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत सङ्गीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण