सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। बिहीबार अपराह्न ५ बजेको प्रदेशको सभाको छैठौँ अधिवेशनको २० औँ बैठकमा शाहले विश्वासको मत पाएका हुन् ।
संविधानको धारा १८८ को उपधारा १ र २ व्यवस्था अनुरूप दोस्रो पटक मुख्यमन्त्री भएको ११ महिनापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । यसअघि सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पुन विश्वास मत मुख्यमन्त्री लिनुपरेको हो ।
गत २० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।
उनलाई कांग्रेसका १८, नेकपा एमालेका ११ जना सांसदले विश्वास मत दिए। नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि पक्षमा मत दिए ।
आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । जसमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटी तीन, राप्रपा १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण