एनपीएल : २८ करोडको आम्दानी, क्यानलाई दुई करोड नाफा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट २ करोड ४६ लाख ४० हजार ७८९ नाफा भएको छ ।
बिहीबार मूलपानीमा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलकाे पहिलो संस्करणको आय/व्यय सार्वजनिक गरेको हो ।
क्यानका अनुसार पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको रहेको छ । जसमा प्रतियोगिता सञ्चालनका लागि २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ लागेको क्यानले जानकारी दिएको छ ।
त्यसपछि आय–व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ । त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । जसको रकम ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ रहेको छ ।
क्यानले पहिलो संस्करणको कूल लागत एक अर्ब देखाएको थियो । लामो समयसम्म खर्च विवरण सार्वजनिक नभएको भन्दै आलोचना भएपछि क्यानले बिहीबार खर्च विवरण सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण