ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो : ह्वाइट हाउस
सारांश
- ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताइन्।
- लेभिटले ट्रम्पले विभिन्न देशहरू बीचको द्वन्द्व समाधान गरेको दाबी गरिन्।
- यसअघि पाकिस्तान र इजरायलका प्रधानमन्त्रीहरूले पनि ट्रम्पलाई नोबेलका लागि सिफारिस गरेका थिए।
वासिङ्टन डीसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छिन् ।
ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बिचको द्वन्द्वसहित ६ वटा द्वन्द्वहरू समाप्त गरेको भन्दै लेभिटले उनलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी हुन् ।
‘ट्रम्पले थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कङ्गो गणराज्य, भारत–पाकिस्तान, सर्बिया र कोसोभो, इजिप्ट र इथियोपिया बिचको द्वन्द्व समाप्त गरिसकेका छन्,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।
ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेको उनले बताइन् । ‘अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको छ’ पत्रकारहरूसामु बोल्दै उनले भनिन् ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण