स्टालिनकै शैलीमा विरोधी नेताहरूलाई पालैपालो सफाया गर्नु विडम्बना : बाबुराम भट्टराई
सारांश
- बाबुराम भट्टराईले केपी ओली र प्रचण्डलाई स्टालिनको शैलीमा आलोचकहरूलाई सफाया गरेको आरोप लगाए।
- उनले कम्युनिस्ट नेताहरूलाई पुरानो शैली त्यागेर नयाँ बाटो खोज्न आग्रह गरे।
- भट्टराईले सामाजिक सञ्जालमा दुई नेताको फोटो राख्दै यस्तो टिप्पणी गरेका हुन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रुसी कम्युनिस्ट नेता स्टालिनकै शैलीमा नेपालका कम्युनिस्ट माठाधीशहरूले आफ्ना आलोचक र विरोधी नेताहरूलाई राजनीतिक र साङ्गठनिक सफायाको बाटो समाउनु विडम्बना भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटोसहित स्टाटस् लेख्दै भट्टराईले उक्त आरोप लगाएका हुन् । १० वर्षे माओवादी जनयुद्धका मुख्य नेता समेत रहेका उनले पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका नेताहरूलाई समाजवाद निर्माण र मानव जातिको समग्र उन्न्ययनको नयाँ वैकल्पिक बाटोको खोजीका लागि साहस गर्न उत्प्रेरित गरेका छन् ।
‘अहिले नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’, उनले प्रश्न उठाएका छन्,
एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण