सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सारांश
- सर्वोच्च अदालतमा शुक्रवार भ्रष्टाचारसम्बन्धी ९९ वटा मुद्दा पेशीमा तोकिएको छ।
- न्यायाधीशको इजलासमा झुट्टा प्रमाणपत्र, रकम हिनामिना, र परीक्षा परिणाम फेरबदलसम्बन्धी मुद्दा छन्।
- सरकारी सम्पत्ति हिनामिना, राजश्व चुहावट, र जग्गा दर्तामा अनियमिततासम्बन्धी मुद्दा पनि पेशीमा छन्।
काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल, सरकारी रकम हिनामिना, परीक्षा परिणाम फेरबदल लगायत भ्रष्टाचारसम्बन्धी ३२ वटा पेसी सूचीमा छन् ।
त्यस्तै न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा ३३ थान पेसी रहेको छ । जग्गाधनी जग्गा स्रेस्ता सच्याई नक्कली जग्गाधनी खडा गरी जग्गाको हक गैरकानुनी हस्तान्तरण, झुट्टा बिल भरपाइ र प्रतिवेदन पेस गरी रकम हिनामिना हानी नोक्सानी गरी भ्रष्टाचार गरेको, सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको, विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार सम्पत्ति शुद्धीकरण लगायतको मुद्दा पेसीमा छन् ।
त्यस्तै न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा ३४ थान मुद्दा पेसी तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना,नपाएको ओहदा पाए भनी भ्रष्टाचार गरेको, राजश्व चुहावट र हानिनोक्सानी,परीक्षाको परिणाम फेरबदल, विद्यालय भवन निर्माणको रकम हिनामिना, सरकारी कागजात हेरफेर गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता लगायतमा भ्रष्टाचार मुद्दा पेसीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण