ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा कहिले ?
सारांश
- नेपालको भौगोलिक विकटताले ग्रामीण शिक्षामा नकारात्मक असर पारेको छ, जसले शैक्षिक अवस्था कमजोर बनाएको छ।
- ग्रामीण विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव, योग्य शिक्षकको कमी र पाठ्यक्रमको सान्दर्भिकता नहुँदा शिक्षाको गुणस्तर खस्किएको छ।
- ग्रामीण शिक्षा सुधारका लागि भौतिक पूर्वाधारमा लगानी, योग्य शिक्षकको व्यवस्था र स्थानीय पाठ्यक्रमको विकास आवश्यक छ।
भौगोलिक अवस्थाले देशको सामाजिक, आर्थिक र शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । भौगोलिक विकटताले नेपालको ग्रामीण शिक्षा क्षेत्रमा ठूलो असर परेको देखिन्छ ।
दुर्गम भूभाग, अप्ठ्यारो भौगोलिक बनावट र सीमित स्रोत समाधानका कारण ग्रामीण क्षेत्रको शैक्षिक अवस्था कमजोर बन्दै गइरहेको छ । जसको प्रत्यक्ष असर देशको शैक्षिक प्रणालीमा समेत परिरहेको देखिन्छ ।
विकट गाउँहरुमा सडक नपुग्दा विद्यालयसम्म पुग्न नै बालबालिकाहरुलाई कठिनाइ भइरहेको छ । जसले शिक्षा पाउने अधिकारबाट उनीहरु वञ्चित भइरहेका छन् । राज्यबाट उचित बजेट विनियोजित भए पनि उक्त बजेट प्रभावकारी रूपमा सञ्चालन नहुँदा पनि ग्रामीण शिक्षामा असर पारिरहेको छ ।
ग्रामीण विद्यालयहरुमा पर्याप्त भवन, शौचालय, खानेपानी, छात्रावास र प्रविधिमैत्री वातावरणको अभाव देखिन्छ । ग्रामीण क्षेत्रका कतिपय स्थानमा शिक्षाको राम्रो पहुँच भएपनि त्यसको गुणस्तर कायम गर्न कठिनाइ छ ।
उच्च हिमाली क्षेत्रमा कठोर भूबनोट, पहाडी क्षेत्रमा विकट बस्ती र यातायातको अभाव तथा तराईका ग्रामीण बस्तीमा सामाजिक र आर्थिक असमानताले शिक्षाको पहुँच सीमित बनाएको छ ।
हालको पाठ्यक्रम प्राय: सहरी क्षेत्रको आवश्यकता र सन्दर्भमा आधारित छ, जुन ग्रामीण विद्यार्थीको जीवनशैली र आवश्यकतासँग मेल खाँदैन । यस्तो पाठ्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसर प्राप्त गर्न कठिनाइ सिर्जना हुन्छ ।
ग्रामीण शिक्षामा सबैभन्दा प्रमुख समस्या शिक्षाको पहुँच गुणस्तर र निरन्तरताको कमी हो । नेपालका अधिकांश ग्रामीण भेगमा विद्यालय छन्, तर त्यहाँ शिक्षकको दरबन्दी अपूर्ण छ त कतै दरबन्दी छ तर योग्य शिक्षक छैनन् । कतिपय विद्यालयहरू वर्षौंसम्म अस्थायी भवनमा चलिरहेका छन्, जुन बर्खायाममा पढाइ नै बन्द हुने अवस्थामा पुग्छन् ।
ग्रामीण क्षेत्रमा शिक्षा सुधारका लागि केही विशेष पहल आवश्यक छन् । पहिलो भौतिक पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने देखिन्छ । पक्की भवन, शौचालय,खानेपानी, पुस्तकालय, छात्रावास, कम्युटर र इन्टरनेट जस्ता आधारभूत सुविधाले सिकाइ वातावरण सुधार गर्छ ।
दोस्रो, योग्य, अनुभवी, तालिमप्राप्त शिक्षकहरूलाई ग्रामीण क्षेत्रमा सेवा दिने वातावरण बनाइदिनुपर्छ । यसका लागि उचित प्रोत्साहन, सेवासुविधा तथा सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ । तेस्रो, स्थानीय पाठ्यक्रमको विकास र मातृभाषा शिक्षण प्रणालीलाई प्राथमिक कक्षादेखि लागु गर्नुपर्छ, जसले बालबालिकालाई बुझ्न र सिक्न सहज बनाउँछ । चौथो, विद्यार्थीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न अभिभावकलाई शिक्षाको महत्वबारे सचेतना जगाउनुपर्छ ।
नेपालमा शिक्षा नीति त छ, तर यसको कार्यान्वयन कमजोर छ । शिक्षकको अभाव र तालिमको कमी अर्को ठूलो समस्या हो । ग्रामीण क्षेत्रमा योग्य शिक्षकहरूको दरबन्दी रिक्त रहन्छ, किनभने धेरै शिक्षक सहरमा नै बस्न रुचाउँछन् । जसकारण ग्रामीण क्षेत्रमा शिक्षकहरु प्राय: स्थानीय सरकार केन्द्रित हुन्छन्, जुन योग्य अनुभवी र तालिम केन्द्रित हुँदैनन् । यस्ता शिक्षकको दरबन्दीले ग्रामीण क्षेत्रको शिक्षामा ठूलो प्रभाव परेको छ ।
स्थानीय सरकारले नियुक्त गर्ने शिक्षकहरू धेरैजसो आफ्ना नातागोता सम्बन्धित व्यक्ति हुन्छन् । तर तिनीहरु पूर्ण योग्य हुँदैनन् ।
अर्को मुख्य समस्या पाठ्यक्रमको सान्दर्भिकता हो । हालको पाठ्यक्रम प्राय: सहरी क्षेत्रको आवश्यकता र सन्दर्भमा आधारित छ, जुन ग्रामीण विद्यार्थीको जीवनशैली र आवश्यकतासँग मेल खाँदैन । यस्तो पाठ्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसर प्राप्त गर्न कठिनाइ सिर्जना हुन्छ ।
सामाजिक र आर्थिक चुनौतीहरूले पनि ग्रामीण शिक्षालाई जटिल बनाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश परिवारहरू विपन्न हुँदा आफ्ना सन्तानलाई स्कुल पठाउनु भन्दा खेतीपाती, घरायसी काम वा साना उद्योगका कामा लगाउन बाध्य हुन्छन् । बालिका शिक्षामा अझै पहुँचको कमी छ । लैङ्गिक असमानता, जातीय विभेद र सामाजिक रुढिवादले पनि शिक्षाको पहुँचलाई सीमित गर्छ ।
शिक्षा विकासको मेरुदण्ड र प्रत्येक व्यक्तिको आधारभूत अधिकार हो । शिक्षाले समग्र देशमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक प्रभाव पार्छ । ग्रामीण शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकियो भने यसले मुलुकको विकासमा अहम् भूमिका खेल्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण