शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रियाको इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुँदै

शुक्रबार, १६ साउन २०८२, १३ : १६
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेपाल युरोपियन स्पोर्ट्स क्लबले भदौ ७ गते अस्ट्रियाको इन्स्ब्रुकमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा युरोपका विभिन्न देशका नेपाली भलिबल क्लबहरूको सहभागिता रहनेछ।
  • विजेताले ४०५ युरो, उपविजेताले २०५ युरो पुरस्कार पाउनेछन्।

अस्ट्रिया । ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी) को आयोजनामा आउँदो भदौ ७ गते आइतबारका दिन अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ ।

युरोपभरि रहेका नेपाली समुदायबिच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै आएको थियो । यस वर्ष तेस्रो संस्करणको रूपमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट नेपाली भलिबल क्लबहरूको सहभागिता रहनेछ । समाजसेवीसमेत रहेका आयोजक एनईएससीका अध्यक्ष दिलकुमार घमालका अनुसार प्रतियोगिता बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । 

प्रतियोगितामा जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, स्विट्जरल्यान्डको हिमालयन स्पोर्ट्स टिम, फिनल्याण्डको हिमालयन स्पोर्ट्स क्लब, नामोबुद्ध स्पोर्ट्स क्लब र साल्जबर्गको नेपाल कल्चर स्पोर्ट्स क्लब, नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी)ले  सहभागिता जनाउने निश्चित भएको घमालले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमले ४०५ युरो, उपविजेता टिमले २०५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमलाई कप र बल प्रदान गरिनेछ । 

एनईएससीका अध्यक्ष समाजसेवी घमालले यस प्रतियोगिता नेपाली समुदायबिचको एकता र समझदारीलाई अझ मजबुत बनाउने माध्यम भएको बताए । उपाध्यक्ष ख्याम विश्वकर्माले नेपाली समुदायका युवा तथा खेलप्रेमीहरूलाई खेलकुदमार्फत सकारात्मक ऊर्जा र जीवनशैलीतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप