चलचित्र ‘जारी २’ का तीन पोस्टर सार्वजनिक
काठमाडौँ । कवि उपेन्द्र सुब्बा निर्देशित हिट चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको एकसाथ तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक तीन पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । दुवै पोस्टरमा उनीहरू प्रफुल्लित मुद्रामा देखिएका छन् ।
तीन वटै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृति फिल्मले प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र बाँसुरी फिल्मस र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् ।
चलचित्रमा दयाहाङ, मिरुना, विजय र बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण