संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण अहिले नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् ।
पार्टीको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार गरेको कार्यक्रममा सभापति देउवाले संविधानका कारण कुनै पनि पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।
‘संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था छैन,’ देउवाले भने, ‘संविधानकै कारण कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको छ ।'
देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढेमा बहुमत आउन सक्ने अवस्था निर्माण हुने भन्दै पार्टीमा एकता कायम गर्न सबैलाई आग्रह गरे ।संविधान देशमा बसोबास गर्ने जातजाति र भाषाभाषीलाई जोड्ने गरी समावेशी किसिमले बनाइएको बताए ।
कांग्रेस थारुलाई माया गर्ने पार्टी भएको बताउँदै कांग्रेस नेतृत्वको सरकार भएको बेलामा थारुहरूका लागि गरिएका निर्णयसमेत सुनाए । कांग्रेसले परशुनारायण चौधरीलाई पार्टी महामन्त्री बनाएको, मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले नै पहिलो पटक थारुलाई मुख्यमन्त्री बनाएको देउवाको भनाइ थियो । कांग्रेस प्रदेश सांसद डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
त्यस्तै देउवाले दास प्रथाको रूपमा रहेको कमलहरी प्रथा कांग्रेस नेतृत्वको पालामा हटाएर मुक्त कमलहरी घोषणा गरिएको पनि बताए । नेपालका थारुहरू जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि राष्ट्रियताका लागि लड्दै आएका बताउँदै थारुहरूले अङ्गाल्दै आएको बडघर प्रथा लोकतान्त्रिक व्यवस्था भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण