लाइसेन्सको म्याद अब १० वर्ष
शुक्रबार, १६ साउन २०८२, १६ : ३७
सारांश
- अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को म्याद १० वर्षको लागि हुने भएको छ।
- यसअघि लाइसेन्सको म्याद ५ वर्षको रहने व्यवस्था थियो, तर सरकारले यसलाई परिवर्तन गरेको छ।
- सरकारले राजपत्रमा प्रकाशित गरेको ऐन संशोधनमार्फत यो निर्णय गरेको हो।
काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्म भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै दफा ५६ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्मको ” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्मको” भन्ने शब्दहरू राखिएका छन्।
यस्तो छ नयाँ र पुरानो ऐन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण