स्थायी कमिटी बैठक
माओवादीकाे स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु हुने
शुक्रबार, १६ साउन २०८२, १६ : ४२
सारांश
- माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ।
- स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्ने प्रस्ताव गरेको छ।
- केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने बताइएको छ, अध्यक्ष प्रचण्डले समसामयिक विषयमा धारणा राखे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए ।
‘मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान भदौ १५ गते सुरु गरेर मसान्तसम्म सम्पन्न गर्ने गरी प्रस्ताव आएको छ । अध्यक्षले एजेन्डा पेस गरेर समग्रमा आफ्नो धारणा राख्नुभयो । आज अन्य नेताले बोल्नुभएन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण