जिल्ला प्रशासन कार्यालयले माग्यो डीप बोरिङको विवरण, अनियमितताको आशङ्का
सारांश
- वीरगन्जमा पानीको अभाव भएपछि डीप बोरिङ गाड्ने काम तीव्र रूपमा भइरहेको छ।
- डीप बोरिङको विवरण नआएपछि जिल्ला प्रशासन कार्यालयले विवरण माग गरेको छ, तर कसैले जानकारी दिएको छैन।
- सामाजिक अभियन्ताहरूले डीप बोरिङ योजनामा अनियमितताको आशंका गरेका छन्।
वीरगन्ज । मधेसको प्रमुख सहर वीरगन्जमा पानीको अभाव गहिरिँदै गएपछि महानगरसहितका क्षेत्रमा डीप बोरिङ गाड्ने काम तीव्र गतिमा भइरहेको छ ।
साउन महिनामै वीरगन्जसहित आसपासका क्षेत्रमा धमाधम डीप बोरिङ गाड्ने काम भएको छ । खासगरी खानेपानीको हाहाकार भएपछि संघीय खानेपानी मन्त्रालय, प्रदेश सरकार र महानगरपालिकाले आ–आफ्नै हिसाबले डीप बोरिङ गाडेका छन् ।
अहिलेसम्म कुन निकायले कति डीप बोरिङ गाडे र तिनमा कति खर्च लाग्यो भन्नेबारे लेखाजोखा नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले विवरण माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले डीप बोरिङको अवस्थाबारे सबै निकायसँग विवरण माग गरे पनि कसैले जानकारी नगराएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
जिल्ला समन्वय समितिमार्फत सूचना संकलन गर्न खोज्दा पनि कसैले जानकारी नदिएको उनको भनाइ छ । यद्यपि, अहिले पनि समन्वय गरेर सबै पालिकासँग डीप बोरिङबारे विवरण माग्ने काम भइरहेको उनले बताए ।
वीरगन्ज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख राकेश साहले साउन महिनामा मात्र महानगर क्षेत्रमा २० वटाभन्दा बढी डीप बोरिङ गाडिएको हुन सक्ने तर यकिन विवरण आफूसँग नरहेको बताए ।
संघीय खानेपानी मन्त्रालय मातहत निकायले पनि आफूहरूसँग यकिन विवरण नरहेको जनाएका छन् । खानेपानीका इन्जिनियर मुकेश ठाकुरले आफूहरूसँग अहिले यकिन विवरण नभएको बताए । सुपरभाइजरहरूबाट डाटा लिने काम भइरहेको उनको प्रतिक्रिया छ ।
यसरी विवरण नै सार्वजनिक गर्न नचाहेपछि डीप बोरिङ योजनामा अनियमिता भएको आशंका बढ्न थालेको सामाजिक अभियन्ता बताउँछन् ।
वीरगन्ज वडा नम्बर–१५ का सामाजिक अभियन्ता शिवनाथ यादवले कुन प्रक्रियाबाट डीप बोरिङ गाडियो भन्नेबारे नै प्रस्ट हुन नसकेको बताए । ‘यसमा सार्वजनिक टेण्डर प्रक्रिया देखियो, न त यसको वास्तविकता नै बाहिर आइरहेको छ,’ अनियमितताको आशंका गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण