कोदोजन्य खेती प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोदोजन्य खेतीको प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतीतर्फ युवाहरूलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताए ।
उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवर्द्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए । उनले भने,‘अहिले हाम्रो गाउँतिर खेतीयोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेती गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाइहरू बाहिर जाने भएको कारण कृषिखेतीमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रको तर्फबाट कोदो र फापरको प्रमोशन तथा यसबाट बनेका परिकारहरूको परिकारको समेत प्रमोशनको लागि र डोमेस्टिक उत्पादनलाई प्रमोट गर्नको लागि तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्नेछ भन्ने कुरा म राख्न चाहन्छु । कोदो खेतीलाई प्रवर्द्धन गर्नको लागि यहाँहरूले गर्नुभएको संस्थागत प्रयासको म प्रशंसा पनि गर्न चाहन्छु ।’
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न तथा उत्पादनमा वृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण