दुई वर्षभित्र भूमिहीनको हात हातमा लालपूर्जा दिन्छौँ : साउद
सारांश
- एनपी साउदले दुई वर्षभित्र भूमिहीनलाई लालपूर्जा दिने प्रतिबद्धता जनाए।
- उनले जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको बताए।
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकीय मार्ग निर्माणको काम अघि बढ्नेछ।
कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु(याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित कार्यक्रममा उनले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि तीव्रता दिनुपर्नेमा जोड दिए ।
अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उनले जानकारी दिए ।
‘यसबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको छ”, उनले भने, ‘मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ ।’ पूर्वमन्त्री समेत रहेका उनलाई स्थानीय बासिन्दाले जङ्गली जनावरको आतङ्क रोक्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण