बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

शनिबार, १७ साउन २०८२, ०९ : ५२
शनिबार, १७ साउन २०८२

सारांश

  • जसपा नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गर्ने भएको छ।
  • पार्टीले साउन मसान्तसम्म ४० वर्ष मुनिका युवाहरूको नामावली पठाउन समयसीमा तोकेको छ।
  • समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिकालाई एकताबद्ध गर्न पार्टीले पहल गर्नेछ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टीनिकट भ्रातृसंगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशील र क्षमतावान् युवाहरूको नामावली पठाउन जिल्ला अध्यक्षहरूलाई पत्र काटेका छन् । ४० वर्ष मुनिका युवाहरूको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउनको लागि पार्टीले साउन मसान्तसम्मको समयसीमा तोकेको बस्नेतले बताए ।

समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएको भन्दै क्रियाशील तथा क्षमतावान् युवा शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिएको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप