०८४ सम्म अहिलेकै व्यवस्था रहनेमा आशङ्का छ : महासचिव गुरुङ
सारांश
- माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि एमाले अध्यक्ष ओलीबाटै चुनौती रहेको आरोप लगाए।
- उनले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र राज्यका अंगहरू छिन्नभिन्न बनाउने काम गरेको आरोप लगाए।
- गुरुङले ०८४ को निर्वाचन हुने वा नहुने भन्दा पनि अहिलेको व्यवस्था रहन्छ कि रहँदैन भन्ने चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी फुटाउने, राज्यका अङ्गहरू छिन्नभिन्न बनाउने काममा लागेको जिकिर उनले गरे । उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताए ।
न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुन सक्नेमा पनि आशङ्का व्यक्त गरे ।
प्रधानमन्त्री ओली एवं नेकपा एमालेका अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहेका व्यक्ति भएकोले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप समेत गुरुङले लगाए । लोकतन्त्र, संविधान र राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल अगाडी गए मात्र अहिलेको व्यवस्था बच्ने उनले बताए । अहिलेको लडाइँ व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्तिकेन्द्रको उक्साहटमा आएर व्यवस्थामाथि प्रहार गर्न सक्ने आरोप समेत गुरुङले लगाए । उनले ०८४ सम्म बृहत्तर कम्युनिस्ट एकीकरण हुने पनि बताए । कम्युनिस्टहरू नै मुलुकमा पहिलो ठुलो पार्टी बन्ने उनको दाबी छ ।
महासचिव गुरुङले भने- ‘०८४ सम्म पुग्दा बृहत्तर रूपमा कम्युनिस्ट एकीकरण हुनेवाला छ । एकताबद्ध हुन्छ । आउँदो ०८४ को निर्वाचनमा मुलुकमा फर्स्ट पार्टी बन्ने र बनाउने प्रक्रियामा माओवादी पुग्छ । अहिले फर्स्ट पार्टी हुन्छ कि हुँदैन भन्ने प्रश्न भन्दा पनि ०८४ मा चुनाव हुन्छ कि हुँदैन, यो व्यवस्था बँच्छ कि बच्दैन । यो सदन बँच्छ कि बँच्दैन भन्ने चिन्ताको विषय हो । यो व्यवस्था बँच्छ कि बँच्दैन भन्नेमै च्यालेन्ज छ । अहिलेको लडाइँ त त्यहाँ केन्द्रित छ त ।
उनले भने- ‘वृहत् शान्ति सम्झौताको विपक्षमा रहेको अभिमत भएको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्वमा छ । उहाँको सोच र विचारको हिसाबले हेर्दा दोबाटोमा छ । डेकमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बँच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको सन्कीको आधारमा पद प्रतिष्ठाको लागि कतिपय शक्ति केन्द्रको उक्साहटको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन । दुई दुई पटक प्रहार भएको इतिहास छ ।’
महासचिव गुरुङले व्यवस्थापिका संसद् समय समयमा बलीको बोको भइरहेको बताए । प्रणालीमाथि अहिले पनि ठुलो जोखिम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण