भाइ र किशोरीको हत्या गरेको आरोपमा २ युवक पक्राउ
सारांश
- प्रहरीले हत्या आरोपमा ताप्लेजुङ र कैलालीबाट २ जनालाई पक्राउ गरेको छ।
- ताप्लेजुङमा भाइको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्, जसले खुकुरी प्रहार गरेका थिए।
- कैलालीमा एक किशोरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्, जसले चक्कु प्रहार गरेका थिए र उनको अस्पतालमा मृत्यु भयो।
काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ र कैलालीमा भाइ र किशोरीको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका हुन् ।
ताप्लेजुङमा आफ्नै २० वर्षीय भाइ रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका–४ आहाले बस्ने २२ वर्षीय मनकुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विषयलाई लिएर मनकुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–१ बौनियास्थित राजधानी सेकुवा एन्ड मम सेन्टर होटलमा काम गर्ने सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय नृप भन्ने नीरज साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी याचनाको निषर्ग अस्पताल प्रालि धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले साउदलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण