महाधिवेशन भएको ६ महिनामै नेकपा (बहुमत) विभाजनतर्फ
सारांश
- धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) विभाजनको संघारमा पुगेको छ, महासचिवमाथि सैद्धान्तिक विचलनको आरोप लागेको छ।
- केन्द्रीय सदस्य शरद रसाइलीको नेतृत्वमा विद्रोहको तयारी गरिएको छ, विधान विपरीत नेताहरूलाई निष्कासन गरिएको आरोप छ।
- पार्टीभित्रको असहमति समाधानका लागि सुझाव दिइएको थियो तर महासचिव बास्तोलाले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ । महाधिवेशन सम्पन्न भएको ६ महिनामै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) विभाजनको संघारमा पुगेको छ । महासचिव बास्तोलामा सैद्धान्तिक विचलन र सङ्गठनमा अराजकता देखिएको आरोप लगाउँदै केन्द्रीय सदस्य शरद रसाइलीको नेतृत्वमा विद्रोह गर्न लागिएको हो ।
साउन १५ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकमा देखिएका असहमति आगामी राष्ट्रिय सम्मेलनबाट हल गर्ने प्रस्ताव गरिएको तर महासचिव बास्तोलाले प्रस्तावलाई अवज्ञा गरी नेताहरूको जिम्मेवारी हेरफेर गरिएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । महासचिव बास्तोलाले विधान विपरीत गतिविधि गरेको भन्दै पूर्ण रसाइली रक्तिम, शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको समेत विज्ञप्तिमा उल्लेख छ । विद्रोही नेताहरूमा शरद रसाइली लगायत ३२ जना नेताहरू रहेका छन् ।
गत वर्ष माघ ४ देखि ११ गतेसम्म काठमाडौँमा भएको नेकपा (बहुमत) को ९ औँ महाधिवेशनले बास्तोलालाई महासचिव बनाएको थियो । महाधिवेशनले ९९ जना केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशन लगत्तै दाङमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा पनि केही सैद्धान्तिक र मूलतः सांगठानिक समस्या देखिएकाले समस्या समाधानका लागि ४९ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा ६ बुँदे सुझाव सहितको असहमति पत्र दर्ज गरिएको जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
‘तेस्रो बैठकको अन्त्यतिर कमरेड महासचिवद्वारा पार्टीको तत्कालीन नीति विपरीत सांगठानिक र कार्यविभाजनको प्रस्ताव भयो । उक्त प्रस्ताव उपर बहुसङ्ख्यक सदस्यहरूको विरोधका बाबजुद जबरजस्त रूपमा निरङ्कुशता लाद्नुभयो। यसले के प्रस्ट हुन्छ भने, उहाँ संगठनात्मक सिद्धान्त वा पार्टी र क्रान्तिको हित विपरीत निषेधात्मक अधिभूतवादी, स्वेच्छाचारी र सर्वसत्तावादी व्यक्तिको रूपमा व्यक्त हुनुभएको छ। यस प्रकारको गैरमार्क्सवादी व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा द्वन्द्वात्मक सिद्धान्तको सार्वभौम नियम अन्तर्गतको एकता, संघर्ष र रूपान्तरण आफूहरूले चाहेको भन्दै उक्त कारबाही खारेज गरी तत्काल फिर्ता लिन समेत जोडदार माग गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण