हेटौँडा सिमेन्टको सञ्चालक सदस्य छनोटका लागि ७ जनालाई अन्तर्वार्ताका लागि बोलाइयो
शनिबार, १७ साउन २०८२, १७ : ५६
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगका दुई सञ्चालक सदस्य पदका लागि अन्तर्वार्ता बोलायो।
- मन्त्रालयले प्रतिस्पर्धाका लागि स्वीकृत उम्मेदवारहरूको नामावली र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ।
- साउन ४ गते प्रकाशित सूचना अनुसार प्राप्त दरखास्तबाट उम्मेदवार छनोट गरिएको हो।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त दुई सञ्चालक सदस्य पदका नियुक्तिका लागि ७ जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गरी प्रतिस्पर्धाका लागि स्वीकृत उम्मेदवारहरूको नामावली र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयले गत साउन ४ गते प्रकाशित सूचनाअनुसार प्राप्त दरखास्तहरूमध्येबाट ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम उम्मेदवार छनोट गरिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण