संरक्षण नहुँदा स्विट्जरल्याण्ड जस्ता नेपालका हजारौँ क्षेत्रहरु ओझेलमा परेः पूर्वराष्ट्रपति यादव
शनिबार, १७ साउन २०८२, २० : २४
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा स्विट्जरल्याण्ड जस्ता नेपालका हजारौँ क्षेत्रहरु ओझेलमा परेको बताएका छन् ।
शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै यहाँ स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु लुकेको बताए। उनले नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि बताए ।
उनले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताउँदै यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गरे । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै उनले चुरेको संरक्षणमा जोड दिनुपर्ने बताए ।
पूर्वराष्ट्रपति यादवले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई बचाएर लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण