हमासले बन्धकलाई भोकै राखेको परिवारको आरोप
सारांश
- गाजामा इजरायली बन्धक परिवारले हमासलाई बन्धकलाई जानाजानी भोकै राखेको आरोप लगाएको छ।
- हमासले जारी गरेको भिडियोमा बन्धक एव्याटर डेभिडलाई कमजोर अवस्थामा सुरुङमा देखाइएको छ।
- डेभिडका परिवारले इजरायली सरकार र विश्व समुदायलाई उनलाई बचाउन आग्रह गरेका छन्।
रफाह । गाजामा इजरायली बन्धक परिवारले हमासलाई प्रचार अभियानको एक भागको रूपमा बन्धकलाई जानाजानी भोकै राखेको आरोप लगाएको छ ।
हमासले एव्याटर डेभिडको भिडियो जारी गरेको थियो । यसपछि शनिबार डेभिडको परिवारको बयान आएको हो । यस भिडियोमा निकै कमजोर देखिएका डेभिडलाई साँघुरो र कङ्क्रिटले बनेको सुरुङमा देखाइएको छ ।
हमासले २०२३ को अक्टोबर ७ मा २४ वर्षीय डेभिडलाई बन्धक बनाएको थियो । त्यसबेलादेखि उनी अझै हमासको हिरासतमै छन् । दक्षिणी इजरायलमा एक संगीत महोत्सवबाट डेभिडलाई बन्धक बनाइएको थियो । ‘हामी हाम्रो प्यारो छोरा र भाइ एव्याटर डेभिडलाई गाजामा हमासको सुरुङमा जानाजानी र निन्दनीय रूपमा भोकै मारिएको हेर्न बाध्य छौँ– एउटा जिउँदो कङ्काल, जसलाई जिउँदै गाडिएको छ,’ उनको परिवारले भनेको छ ।
डेभिडको परिवारले इजरायली सरकार र विश्व समुदायलाई एव्याटरलाई बचाउन सम्भव भएसम्म सबै कुरा गर्न आग्रह गरेको छ । ‘मैले धेरै दिनदेखि केही खाएको छैन, मैले पिउनका लागि पानी समेत निकै मुस्किलले पाइरहेको छु,’ हमासद्वारा जारी गरिएको भिडियोमा डेभिडले भनेको सुनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण