काठमाडौँ उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त छ: मन्त्री दाहाल
सारांश
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताए।
- उनले बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम र वायु प्रदूषण बढेको बताए।
- मन्त्री दाहालले उपत्यकाको यातायात समस्या समाधानका लागि निर्णायक कदम चाल्नुपर्नेमा जोड दिए।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताएका छन् । आज ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरू समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, संस्कृति र प्रशासनिक गतिविधिको केन्द्र भएको बताए । सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको उनले बताए ।
बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको उनको भनाइ छ । यसले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको उनले जिकिर गरे । नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औँ आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको उनले बताए ।
काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदूषण जस्ता महत्त्वपूर्ण समस्याहरूलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको मन्त्री दाहालले बताए ।
मन्त्री दाहालले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने जिकिर गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण