सरकार विकास निर्माणका कामलाई तीव्र र जनमैत्री बनाउन प्रतिबद्ध छ: मन्त्री ठकुरी
सारांश
- मन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए।
- उनले प्रदूषण न्यूनीकरण गर्न र जापान सरकारको सहयोगको महत्त्वबारे चर्चा गरे।
- मन्त्रीले मन्त्रालय सहजीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए।
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौँ उपत्यकालाई वातावरणीय र यातायातको हिसाबले व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् ।
आज ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ उपत्यका वातावरणीय हिसाबले प्रदूषणबाट प्रभावित रहेको भन्दै यसको न्यूनीकरण गर्न आवश्यक रहेको पनि बताए ।
जायिकाले सुरु गरेको जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रोजेक्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको पनि बताए।
मन्त्री ठकुरीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा मन्त्रालय सदैव तयार रहेको बताए । वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले धेरै प्रक्रियाहरू झन्झटिलो भन्ने सुने गरेपनि अब समस्या समाधान हुने र ऐन, कानुन संशोधनको प्रक्रियामा अघि बढिसकेको बताए। वर्तमान सरकार विकास निर्माणका कामलाई तीव्रता र जनमैत्री बनाउन प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण