ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर गरिँदै
सारांश
- Samsung Nepal ले Galaxy Z Fold7 र Z Flip7 स्मार्टफोन साउन २२ देखि साउन २९ गतेसम्म प्रि-अर्डर गर्न मिल्ने जनाएको छ।
- Galaxy Z Fold7 ले पातलो डिजाइन, उत्कृष्ट क्यामेरा र एआई प्रविधि प्रदान गर्दछ, जसले प्रिमियम अनुभव दिन्छ।
- Galaxy Z Flip7 ले स्मार्ट एआई फिचर, ठूलो कभर स्क्रिन र सुविधाजनक प्रयोगका लागि डिजाइन गरिएको छ।
काठमाडौँ । सामसङ नेपालले नयाँ फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि-अर्डर गर्न मिल्ने जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आइ प्रविधिलाई एकसाथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा-स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ।
ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट ए.आइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ — फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ।
यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ। अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव छ—फोन खोल्नु नपरीकनै।
दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ र ४.१ –इन्चको फ्लेक्सविन्डो ले पूरै सतह ओगटेको छ—जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ। फोन फोल्ड गरिएको अवस्थामा पनि, प्रयोगकर्ताले फ्लेक्सविन्डो बाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ।
नेपालमा यी स्मार्टफोनहरू २५६ जीबी भेरियन्टमा उपलब्ध छन् । प्रि-अर्डर लिनका लागि वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस् ।
प्री-अर्डरको लागि दर्ता गरी रु ५ हजारको अग्रिम भुक्तानी गरेपछि, ग्राहकहरूले OTP (One-Time Password) प्राप्त गर्नेछन् । यसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण