गुन्डा नाइके सानुभाइसँग झगडा गर्ने क्लब ओम्नियाका सञ्चालक पक्राउ
सारांश
- ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई गुन्डा नाइके युवराज गुरुङसँग झगडा गरेको आरोपमा पक्राउ गरिएको छ।
- नगरकोट दोहोरीमा भएको झगडामा संलग्नताको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
- यसअघि, सानुभाइ र अन्य दुई जनालाई पनि पक्राउ गरिएको थियो र उनीहरूमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । गुन्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइसँग झगडा गरेको आरोपमा प्रहरीले ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकलाई पनि पक्राउ गरेको छ । साउन १५ मा बिहान नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा झगडा गरेको आरोपमा सानुलाई पक्राउ परेका थिए ।
दोहोरीमा सानुभाइसँग झगडा गरेको पुष्टि भएपछि नुवाकोट घर भएका राजेन्द्र गुरुङलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । गुरुङ क्लब ओम्नियाको सञ्चालक हुन् । नगरकोट दोहोरीमा जम्काभेट भएपछि सानुलाई र गुरुङको समूहले झगडा गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सानुभाइसँगै बिहीबार नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका रवीन्द्र तामाङ र पाँचथर फिदिमका दिल कुमार तुम्बापो पक्राउ परेका थिए । उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
२०८० असार १५ मा ओम्नियामा प्रवेश गर्दा आफूलाई ‘सम्मान भएनन्’ भनेर सानुभाइको समूहले क्लब सञ्चालक राजेन्द्र गुरुङलाई आक्रमण गरेका थिए । त्यसबेला प्रहरीले सानुभाइलाई २०८० असार ३१ मा पक्राउ गरेर ठमेल क्षेत्रमा हत्कडी सहित घुमाएको थियो । सो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुलाई कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण