सहिदलाई पनि विभेद गरिएको भन्दै माओवादी कार्यकर्ता प्रचण्डकै अगाडि धुरुधुरु रोए
सारांश
- दोलखाका माओवादी नेता शंकर लामा सहिद परिवार पनि वर्गीय भएको भन्दै कार्यक्रममा रोए।
- उनले टाठाबाठा नेताको परिवारलाई मात्रै सम्झिएको तर सर्वसाधारण सहिदको वास्ता नगरेको गुनासो गरे।
- लामाले पार्टीभित्र गुटबन्दी बढ्दै गएको र सहिद परिवार चिन्तित भएको बताए, र उनले आफ्नी श्रीमतीको पनि स्मरण गरे।
काठमाडौँ । दोलखा नेकपा (माओवादी केन्द्र)का नेता शंकर लामाले सहिद परिवार पनि वर्गीय भएकोमा गुनासो गर्दै मञ्चमै भक्कानिएर रोएका छन् । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार २३ औँ बोत्ले ‘सहिद दिवस’ कार्यक्रममा लामा भक्कानिएर रोएका हुन् । कार्यक्रममा उनले टाठाबाठा नेताहरूको परिवार मारिँदा हरेक वर्ष सम्झिरहने तर सर्वसाधारण जनता सहिद हुँदा वास्ता नगरिएकोमा माओवादी नेताहरू समक्ष गुनासो पोखे ।
‘टाठोबाटा नेताहरूको परिवार भयो भने हरेक वर्ष सम्झिन्छन् । साधारण परिवारबाट सहिद भएकोमा त्यसको वास्ता छैन । सहिद पनि वर्गीय हुन थाल्यो । देशैभरिका देशैभरका सहिदहरूको यस्तो डकुमेन्ट बनोस् अनि सहिदका परिवारको पनि अलिअलि मन शान्त हुन्छ कि । घाइतेहरूको पनि अलिअलि मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिअलि सुदृढ हुन्छ कि भनेर झकझक्याउन यो कार्यक्रम राखेका हौँ’, उनले भने ।
माओवादीका केन्द्रीय सदस्य समेत रहेका लामाले गुनासो पोखिँरहँदा मञ्चमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा, उपमहासचिव मातृका यादव, बागमती प्रदेशका इन्चार्ज तथा सचिव हितमान शाक्य, सचिव गंगानारायण श्रेष्ठ लगायत नेताहरू थिए । उनले पार्टीभित्र गुट, उपगुट बढ्दै गएकोप्रति सहिद परिवार पिरोलिएको बताए ।

२०५९ साल साउन १८ गते दोलखाको शैलुङस्थित बोत्लेमा तत्कालीन शाही सुरक्षाकर्मीले १५ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । सोही हत्याकाण्डमा लामाकी श्रीमती पनि मारिएकी थिइन् । परिवर्तनका लागि लडेको शक्ति माओवादी हत्यारा हुने अनि ती शक्तिलाई हत्या गर्ने नायक हुने भनिएकोमा उनले आक्रोश पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण