अख्तियारद्वारा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले सरकारी साक्षी डम्मरबहादुर बुढाथोकीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
- सरकारी साक्षी बुढाथोकीले घुस लिएको र अदालतमा गलत बयान दिएको पुष्टि भएपछि मुद्दा दायर भएको हो।
- उनले २० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ, जसका कारण उनलाई कैद र जरिवानाको माग गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलेको हो।
बाँकेको कोहलपुर नगरपालिका निवासी बुढाथोकीलाई खरिदार रतन बहादुर जिसीसमेत प्रतिवादी रहेको घुस तथा रिसवतसम्बन्धी मुद्दामा सरकारी साक्षी बनाइएको थियो। तर, उनले २०८२ साल असार २६ गते विशेष अदालतमा उपस्थित भई अनुसन्धान अधिकृत समक्ष गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए।
आयोगको अनुसन्धानबाट बुढाथोकीले आफ्नो जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिनका लागि शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जिसी र हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीसँगको मिलेमतोमा नगद २० हजार रुपैयाँ घुस दिएको प्रमाणित भएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर ठहरिएको छ। आयोगले बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३० ले निर्देश गरेबमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।
साथै, घुस र रिसवतबापत दिएको रकम सोही ऐनको दफा ३ को उपदफा (१) तथा सोही ऐनको (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा १ (क) बमोजिम जफत हुन पनि माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण