बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिर्गौला बिग्रिएको संकेत हुन् पिसाबमा देखिने यी लक्षण

आइतबार, १८ साउन २०८२, १३ : २०
आइतबार, १८ साउन २०८२

सारांश

  • मिर्गौलाले शरीरबाट विषाक्त पदार्थ हटाउँछ, तर यसले काम नगर्दा स्वास्थ्य समस्या आउँछ।
  • पिसाबको रंग, मात्रा र गन्धमा परिवर्तन मिर्गौलाको समस्याका संकेत हुन्, जसलाई बेवास्ता गर्नु हुँदैन।
  • स्वस्थ मिर्गौलाका लागि प्रशस्त पानी पिउने, नुन र चिनी कम खाने, स्वस्थ आहार लिने र नियमित जाँच गराउनुपर्छ।

काठमाडौँ । मिर्गौलाले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउने काम गर्छ । तर यदि यसले राम्रोसँग काम गरेन भने शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन थाल्छन् र यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । खराब खानपान र जीवनशैलीका कारण मिर्गाैलामा बढी दबाब पर्छ ।

तर, जब मिर्गाैला बिग्रन्छ, हाम्रो शरीरले केही संकेतहरू पनि दिन्छ, जसलाई बेवास्ता गर्दा स्थिति गम्भीर हुन सक्छ । यसका केही संकेतहरू पिसाबमा पनि देखिन्छन् । पिसाबमा यी लक्षणहरू देख्नुभयो भने तपाईंले मिर्गौला बिग्रँदैछ र डाक्टरकहाँ जचाउन जानु पर्छ भनेर बुझ्नुपर्छ । 

  • पिसाबको रंगमा परिवर्तन

सामान्यतः पिसाबको रंग हल्का पहेँलो वा सफा हुन्छ । तर पिसाबको रंग गाढा पहेँलो, रातो, खैरो वा कोक जस्तो देखियो भने, यी सब मिर्गाैलामा समस्याको संकेत हुन सक्छ । 

रातो वा गुलाबी पिसाब– पिसाबमा रगत मिसियो भने यसको रंग  रातो वा गुलाबी हुन सक्छ । पिसाब यो रंगको देखिनु भनेको मृर्गाैलाको पत्थरी, संक्रमण वा मिर्गाैला ड्यामेज भएको लक्षण हो । 

पिसाबमा फिँज : पिसाबमा फिँज देखिएको छ भने, यो प्रोटिन लिक भइरहेको संकेत हुन सक्छ । यसलो मृर्गाैलाले राम्रोसँग काम गर्न नसकेको संकेत गर्छ । 

बारम्बार पिसाब लाग्नु वा कम पिसाब लाग्नु

बारम्बार पिसाब लाग्नु– तपाईंलाई रातमा बारम्बार पिसाब फेर्नु पर्छ वा दिनमा धेरै पिसाब फेर्नु पर्छ भने, यो पनि मिर्गौला वा पिसाब नलीको संक्रमणको संकेत हुन सक्छ । 

कम पिसाब आउनुः पिसाबको मात्रा अचानक कम भयो वा पटक्कै आएन भने, यो मिर्गाैला फेल भएको गम्भीर लक्षण हुन सक्छ । 

पिसाब फेर्दा पोल्ने वा दुख्ने 

पिसाब फेर्दा दुखाइ वा जलन हुनुः पिसाबमा संक्रमण वा मिर्गाैलाको पत्थरीको संकेत हुन सक्छ । यदि यो समस्या रहिरह्यो भने, मिर्गाैलामा क्षतिको जोखिम बढ्छ ।

गन्हाउने पिसाब आउनु

पिसाबको हलुका गन्ध हुन्छ । तर पिसाबबाट कडा वा असामान्य गन्ध आउन थाल्यो भने, यसले पनि संक्रमण वा मिर्गाैलामा समस्याको संकेत गर्छ । 

पिसाबमा प्रोटिन वा चिनीको मात्रा बढ्नु

मिर्गौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्छ । तर जब मिर्गाैला बिग्रिन थाल्छ, यसमा प्रोटिन र चिनी चुहिन थाल्छ । यो अवस्थालाई प्रोटीनुरिया र ग्लुकोसुरिया भनिन्छ । यो समस्या मधुमेह वा उच्च रक्तचापको कारणले हुन सक्छ । 

यसरी राख्नुस् आफ्नो मृर्गाैलालाई स्वस्थ 

प्रशस्त पानी पिउनेः दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनाले मिर्गाैला स्वस्थ रहन्छ । 

नुन र चिनी कम खानेः अत्यधिक नुन र चिनीको सेवनले मिर्गाैलामा दबाब सृजना गर्छ । 

स्वस्थ आहारको सेवनः फलफूल, तरकारी र फाइबरयुक्त खानेकुरा मिर्गाैलाको लागि राम्रो हुन्छ ।

धूम्रपान र मदिरा सेवन नगर्नेः यी वस्तुको सेवनले मिर्गाैलामा क्षति पुर्‍याउँछ । 

नियमित जाँच गराउनुस्ः मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले मिर्गाैला कार्य परीक्षण गराउनुपर्छ । 

अस्वीकरणः लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको लागि अनलाइनबाट खोजेर तयार पारिएको हो । यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा लिनु हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप