रुपन्देहीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते
आइतबार, १८ साउन २०८२, १३ : ३८
सारांश
- रुपन्देहीको सियारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका अर्का एक जनाको भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार दुर्घटना मोटरसाइकल अनियन्त्रित भई भएको थियो।
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो। उनी मोटरसाइकलमा पछाडि सवार थिए।
दुर्घटनामा मोटरसाइकलका चालक तथा मृतकका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण