कोशी प्रदेशमा ८९ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ६ प्रतिशतले कमी
सारांश
- कोशी प्रदेशमा साउन १८ गतेसम्म ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
- गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाइँ करिब ६ प्रतिशतले पछाडि परेको छ।
- झापा, मोरङ र सुनसरी जिल्लाहरूमा औसत ९१.७६ प्रतिशत रोपाइँ भएको छ।
विराटनगर । कोशी प्रदेशमा यस वर्ष साउन १८ गतेसम्ममा ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाइँ करिब ६ प्रतिशतले पछाडि परेको हो । गत वर्ष यसै अवधिमा ९५.०१ प्रतिशत धान रोपाई सम्पन्न भएको थियो ।
प्रदेशको कुल धान खेती हुने २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाइँ सकिएको छ । झापा, मोरङ र सुनसरी जिल्ला समावेश तराई क्षेत्रमा औसत ९१.७६ प्रतिशत रोपाइँ भएको छ ।
त्यसैगरी, मध्य पहाडी जिल्लाहरूमा ८४.२२ प्रतिशत र उच्च पहाडी जिल्लाहरूमा ७५.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत तथ्याङ्क हेर्दा ओखलढुङ्गा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस्तै सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत धान रोपाइँ भएको छ ।
सबैभन्दा कम रोपाइँ भने तेह्रथुम जिल्लामा भएको छ । उक्त जिल्लामा ६६ प्रतिशत मात्र रोपाइँ सकिएको छ । त्यसैगरी ताप्लेजुङमा ७३.२९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण