आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
सारांश
- बागमती प्रदेश मन्त्रिपरिषदको बैठक रद्द भयो, मुख्यमन्त्री बैठकका लागि हेटौँडा पुगेका थिए।
- प्रमुख सचिवको अनुपस्थितिका कारण बैठक बस्न नसकेको र मुख्यमन्त्रीले पत्रकार सम्मेलन गर्दैछन्।
- मुख्यमन्त्री लामाले राजीनामा दिने सम्भावना रहेको र उनलाई नेपाली कांग्रेसको नेताबाट हटाइएको थियो।
हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए ।
सोही अनुसार मुख्यमन्त्री लामा काठमाडौँबाट हेटौंडा आइपुगेका थिए । तर अन्तिम सयममा आएर बैठक रद्द गर्नुपरेको हो ।
स्रोतका अनुसार प्रदेशका प्रमुख सचिव भुपाल बराल काठमाडौँमा रहेका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेको हो । बरालको अनुपस्थितिमै भए पनि बैठक राख्न चाहेका मुख्यमन्त्री लामालाई अन्य सचिवले ‘प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद बैठक नराख्न’ सुझाव दिएपछि बैठक राख्ने कार्यक्रम नै रद्द गरिएको हो ।
मन्त्रिपरिषद बैठक नबस्ने भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत नै उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने र राजीनामाको घोषणासमेत गर्ने स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामा नेता चयनका लागि भएको निर्वाचनमा पराजित भएपछि राजीनामा दिनुपर्ने दबाबमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण