मायामीलाई ठुलो झड्का, मेस्सी घाइते
काठमाडौं । इन्टर मायामीका स्टार खेलाडी लियोनल मेस्सी घाइते भएका छन् । आइतबार बिहान लिग कपमा नेकासाविरुद्ध खेलको ११औं मिनेटमा ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिरिएका थिए ।
चोटका कारण मेस्सी कति महिना मैदान बाहिर रहनेछन् भन्ने हालसम्म मेडिकल रिपोर्ट नआएको इन्टर मायामीका मुख्य प्रशिक जेभियर मास्सेरानोले जानकारी दिए ।
‘मेस्सीले ह्यामस्ट्रिङमा असहज महसुस गरेका थिए । चोट कति गम्भीर छ भन्ने कुरा आज परीक्षणपछि मात्र थाहा हुनेछ । चोट ठुलो पनि हुनसक्छ तर, उनलाई धेरै पीडा भएकाले चोट सनाले हुनसक्ने अनुमान लगाउन सक्छौं,’ प्रशिक्षक मास्सेरानेले भने ।
मेस्सीले रेस्ट नपाएको भन्दै केही समयअघि इन्टर मायामीले उनलाई आराम दिनका लागि एमएलएस अल–स्टार खेलमा नखेलाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि मेस्सीलाई एक खेलको प्रतिबन्ध पनि लागेको थियो ।
लगातारका खेलहरूले गर्दा आरामा नपाएको कारण चोट लागेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण