उपेन्द्र यादवको प्रश्न : प्राकृतिक श्रोत र साधनले सम्पन्न देश नेपाल कसरी दरिद्र भयो ?
सारांश
- उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश हुनुको कारणबारे बहस आवश्यक रहेको बताए।
- उनले नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भए पनि सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
- यादवले संघीयता र समावेशी लोकतन्त्रको पूर्ण कार्यान्वयन नभएको र वन विनाश भइरहेको बताए।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बहस जरुरी रहेको बताएका छन् ।
आइतबार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपाललाई प्रकृतिले सबै थोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताए । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उनको प्रश्न छ ।
माटो नै नभएका देशहरू र बालुवाका देशहरू सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताए ।उनले भने,‘नेपाललाई प्रकृतिले सबै थोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जङ्गल छैन, रुख छैन, ती देशहरू संसारका धनी र सम्पन्न देश भए । नेपाल किन दरिद्र, कङ्गाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो ? यो विषयमा चिन्तन गर्न जरुरी छ ।’
अध्यक्ष यादवले अहिले सङ्घीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै सुरुवात भएको बताए । भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण