बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि
काठमाडौँ । सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरूबिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौँको शंखमुल स्थित नेचर हर्बस् सभाहलमा सञ्चालन भएको ७ चरणको खेलमा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले उपाधि जित्न सफल भएका छन् ।
समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले ललितपुरका बद्रीलाल नेपालीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका छन् ।
प्रतिस्पर्धामा भक्तपुर जिल्लाका द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने पुरुषोत्तम दुवाल र राजेश कक्षपतिलाई नगद पुरस्कारले सम्मान गरेका छन् ।
स्पर्धामा दशौँ स्थानसम्म प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको कार्यक्रममा ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाडौँका सीएम भगवती प्रसाद शर्मा पाँचौँ भए ।
यस्तै छैठौँ र सातौँ स्थानमा भक्तपुरका गणेशमान दुवाल, जगन्नाथ ताम्राकार, काठमाडौँका आशा नारायण लवट आठौँ, काठमाडौँका महेश्वरलाल डंगोल नवौं र जनार्दन श्रेष्ठ दशौं स्थानमा रहे ।
यसैगरी ६० वर्ष माथिको उत्कृष्ट खेलाडी पूर्व नेपाल च्याम्पियन सिएमए नविन तण्डुकार, उत्कृष्ट २५ औं झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिरहाका राज नारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका थिए भने भक्तपुरका आईए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण