घुससहित पक्राउ परेका कर्मचारीलाई एमालेले गर्यो कारबाही
सारांश
- पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरीलाई २५ हजार घुससहित पक्राउ परेकोमा एमालेले पार्टी सदस्यता निलम्बन गरेको छ।
- गिरीले नक्कली उजुरी बनाएर घुस लिएको र सुजन लामाले मन्त्रीसँग मिलेर लिचीबगैंचा हत्याउन दलाली गरेको आरोप लागेको छ।
- अख्तियारमा मुद्दा विचाराधीन रहेकाले सफाइ नपाएसम्म दुवै जना पार्टीको जिम्मेवारीमा नरहने एमाले प्रदेश कमिटीले जनाएको छ।
पोखरा । २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका पोखरा महानगरपालिकाका एक कर्मचारीलाई नेकपा एमालेले पार्टी सदस्यता निलम्बनको कारबाही गरेको छ ।
एमालेको प्रदेश कमिटी बैठकले अधिकृतस्तरका कर्मचारी कपिल गिरीलाई कारबाही गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
कपिलले ‘के गिरी’ नाम राखेर एमालेको सदस्यता लिएका थिए । हाल उनी पार्टीको प्रदेशको उद्योग तथा वाणिज्य विभाग सदस्य छन् । निजामती कर्मचारीले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था भए पनि उनले छद्य नाम राखेर सदस्यता लिएको पाइएपछि पार्टीले उनीमाथि कारबाही गरेको हो ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘फेक’ उजुरी बनाएर आफ्नै कार्यालयका कर्मचारीसँग घुस लिएका थिए । आयोगले उनलाई गत चैत ७ गते रंगेहात पक्राउ गरेको थियो । यस्तै संघका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री (हाल राजीनामा) राजकुमार गुप्तासँग मिलेर पोखराको लिचीबगैंचा हत्याउन दलाली गरेका अर्का पार्टी सदस्य सुजन लामालाई पनि एमालेले कारबाही गरेको छ ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
‘लामाजीसँग जोडिएको घटनाले मन्त्रीसम्म पनि असर गरेको छ । उहाँ (सुजन) हाम्रो सल्लाहकार सदस्य हो,’ एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले भने, ‘सार्वजनिक रूपमा मिडियामा नै कुरा उठेपछि सोधपुछ भएको थियो । गल्ती कमजोरी छ भने कसैको पनि एसेप्ट गर्दैनौँ । त्यो देखाउन जिम्मेवारीबाट हटाइएको हो ।’
अख्तियारमै विचाराधीन विषय भएकोले टुंगो नलाग्दासम्म दुवैको कारबाही यथावत् रहने उनले सुनाए । ‘सफाइ पाउनुभयो भने निरन्तरता हुन्छ । केसमा रहँदासम्म उहाँहरू पार्टीको जिम्मेवारीमा रहनुहुन्न,’ शर्माले भने ।
शनिबार र आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको बैठकले पार्टीको वार्षिक बजेट निर्माण गरेको छ भने गत वर्षको समीक्षा गरिएको शर्माले जानकारी दिए । एमालेले प्रदेश कमिटी भवन निर्माणका लागि बुढीबजारमा जग्गा खरिद गरेको छ । यो वर्ष भवन निर्माण गर्न सहयोग जुटाउने निर्णय गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण