काठमाडौँबाट १ वर्षमा हरायो ५० करोडको मोबाइल
काठमाडौँ । काठमाडौँबाट एक वर्षमा ५० करोड भन्दा धेरै मूल्य बराबरको मोबाइल हराएको पाइएको छ । २०८१ साउनपछि २०८२ असार मसान्तसम्ममा ५० करोड ६५ लाखको मोबाइल हराएको र चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
उनका अनुसार एक वर्षमा हराएका मध्येमा २६ प्रतिशत मोबाइल मात्र भेटिएको छ । १३ करोड ३२ लाख मूल्य बराबरको मोबाइल प्रहरीले विभिन्न विधि प्रयोग गरेर खोजिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौँबाट २ हजार ३९१ थान आइफोन हराएको र चोरी भएको थियो । सामसङ २४ सय ७२ थान, रेडमी ३४६६ थान र भिभो ८९७ थान हराएको थियो ।
आफ्ना हराएका तथा चोरी भएका मोबाइल खोजिदिन आग्रह गर्दै १४ हजार ८०९ जनाले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिएका थिए । तीमध्ये ४ हजार १६८ वटा मोबाइल फेला परेको एसपी चन्दले बताए । उनले भने, ‘हराएका र चोरी भएका मोबाइल थोरै सङ्ख्यामा मात्र फेला पर्छन् ।’
प्रहरीले डिभाइस ट्रयाकबाट मोबाइल पत्ता लगाउने गरेको छ । डिभाइस ट्रयाक गरेर आरोपीसम्म पुग्न सकेमात्र मोबाइल भेटिन्छ । तर, चोरीमा संलग्नहरूले ट्रयाकिङ सिस्टमबाट मोबाइललाई बाहिर राख्ने गरेका छन् ।
त्यस्तै चोरीमा संलग्नहरूले मोबाइलको पार्ट बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी चन्दले बताए । उनले भने, ‘चोरी गर्नेहरूले मर्मत केन्द्रमा लगेर सस्तोमा मोबाइलका पार्टहरू बेच्ने गरेको हुनाले रिकभरको रेट कम हुने गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण