बाँसको उपयोगको माग राखी सुरु गरिएको आमरण अनशन अन्त्य
सारांश
- दिक्तेल रुपाकोट मझुवा गढीका नगरप्रमुख तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन्।
- उनले बाँस र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि साउन १४ गतेदेखि अनशन सुरु गरेका थिए।
- स्वास्थ्यमन्त्री र वनमन्त्रीको उपस्थितिमा विभिन्न मागमा सहमति भएपछि अनशन अन्त्य भयो।
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन अन्त्य गरिएको छ । बाँस र अन्य स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ यही साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा आज विभिन्न मागमा समझदारीपछि अनशन अन्त्य गरिएको हो ।
निर्माण कार्यमा बाँसको प्रयोग गर्न सहरी विकास मन्त्रालयबाट बाँस भवन संहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ । यस्तै, ‘खोटाङलाई बाँसको राजधानी’ का रूपमा विकास गरी बाँस अध्ययन तथा प्रवर्द्धन क्षेत्रको रूपमा विकास गर्नेलगायत विषयमा सहमति भएको छ ।
बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएका छन् ।
यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको प्रचार प्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले सञ्चालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण