वर्षा
रुकुम पश्चिमको ठुलो भेरी नदीमा जल सतह सतर्कता आसपास, सतर्क रहन विभागको आग्रह
आइतबार, १८ साउन २०८२, २२ : २६
सारांश
- रुकुम पश्चिमको रिम्ना जल मापन केन्द्रमा भेरी नदीको जल सतह सतर्कता तहको आसपास पुगेको छ।
- नदीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
- वर्षाका कारण जल सतह बढेकाले डुबान र क्षतिको जोखिम कम गर्न सचेत रहन विभागको अनुरोध छ।
काठमाडौँ । रुकुम पश्चिम जिल्लाको रिम्ना जल मापन केन्द्रमा ठुलो भेरी नदीको जल सतह साउन सतर्कता तहको आसपासमा पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बसोबास गर्ने स्थानीयवासीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाको प्रभावले जल सतहमा वृद्धि देखिएको र डुबान तथा सम्भावित क्षतिको जोखिम कम गर्न तटीय क्षेत्रमा सचेत रहन विभागले अनुरोध गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण