प्रधानमन्त्री ओली तुर्केमेनिस्तान प्रस्थान
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा गएका छन्।
- उनी आवाजमा हुने एलएलडीसी-३ सम्मेलनमा भाग लिन गएका हुन्।
- ओली नेपाल सरकारको नेतृत्व गर्दै औपचारिक भ्रमणमा गएका हुन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् ।
आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली आइतबार राति त्यस तर्फ प्रस्थान गरेका हुन् ।
नेपाल सरकारको नेतृत्व गर्दै उनी औपचारिक भ्रमणमा प्रस्थान गरेका हुन् ।
_aE2iP3wG2N.jpg)
यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
_Z0LU3Xg873.jpg)
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् । उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत सहभागी हुनेछन् । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
_VUGp4E4cxz.jpg)
_YbxWsJI70z.jpg)
_BbJNO3Yyl3.jpg)
_N7Ouap9WD8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण