‘झिमझिमाउने आँखा’ जसले पुर्यायो एकदेवलाई बलिउड
सारांश
- गायक एकदेव लिम्बुको 'झिमझिमाउने आँखा' गीत निकै चर्चित बन्यो, जसले उनलाई अन्तर्राष्ट्रिय चर्चा दिलायो।
- उनको गीत हिन्दी रिमेक 'झिमझिम' बलिउड गायिका नेहा कक्करसँगको सहकार्यमा सार्वजनिक भयो र भारतमा पनि लोकप्रिय बन्यो।
- एकदेव भन्छन्, नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन यो सहकार्यले सानो भए पनि भूमिका खेल्यो।
काठमाडौँ । हामीकहाँ दुई भनाइ निकै चर्चित छन् । एउटा- ‘जे छ त्यसमै सन्तोष मान्नुपर्छ ।‘ र अर्को, ‘सन्तुष्ट भएर बस्यो भने प्रगति हुँदैन ।’
गायक एकदेव लिम्बु पछिल्लो लहरमा पर्छन् । उनी आफ्ना काममा कहिल्यै सन्तुष्ट हुँदैनन् । त्यही सन्तोषको हुटहुटीले उनलाई सङ्गीतमा केही नयाँ गर्ने प्रेरित गरिरहन्छ ।
आठ महिनाअघि सार्वजनिक भएको ‘झिमझिमाउने आँखा’ यस्तै असन्तोषको प्रतिफल थियो । ‘शिरफूल’, ‘सोल्टिनी’, ‘आँखामा आउने सपनी’, ‘गाजल टिकी’लगायत गीत उनका चर्चित भइसकेका थिए । तर सबैको प्रिय हुने हुटहुटी चाहिँ मनमा छँदै थियो ।

त्यही भएर उनले मेलोडी र पपको फ्युजन गरेर नयाँ गीत ल्याएका थिए- ‘झिमझिमाउने आँखा’ । गीतले सबै उमेर र वर्गका मानिसलाई छोयो, सामाजिक सञ्जालको भाषामा भन्दा गीत भाइरल बन्यो ।
त्यसपछि उनको चर्चा नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमै हुन थालेको छ । यो गीत नेपालको युट्युब ट्रेन्डिङमा मात्रै सीमित रहेन, विभिन्न देशका ट्रेन्डिङदेखि युट्युबको ग्लोबल चार्टमा समेत समावेश भयो । यो गीत अहले एकदेवको सिग्नेचर सङ बनेको छ । जता गए पनि ‘झिमझिमाउने’ गायक भनेर उनलाई चिन्छन् । एकदेवको चर्चा अहिले छिमेकी मुलुक भारतमा समेत छ यही गीतका कारण ।
नेहासँग हिन्दी रिमेक भर्सनमा यो गीत सार्वजनिक भएपछि भारतका सङ्गीतप्रेमीहरुको पनि ध्यान तानेको एकदेव बताउँछन् ।
किनकि, चर्चित बलिउड गायिका नेहा कक्कडसँगको सहकार्यमा एकदेवको यो गीतको हिन्दी भर्सन ‘झिमझिम’ आएको छ । यो गीतलाई भारतीय म्युजिक कम्पनी ‘प्ले डीएमएफ’ले मनपराएपछि उनलाई सहकार्यको प्रस्ताव मिलेको थियो । जसकारण नेहासँग उनको सहकार्यको अवसर मिल्यो ।
‘यो मेरो लागि अप्रत्यासित तर सुखद् अवसर थियो,’ एकदेव सुनाउँछन्, ‘उतैबाट अफर आएपछि छोड्ने कुरै भएन ।’
नेहासँग हिन्दी रिमेक भर्सनमा यो गीत सार्वजनिक भएपछि भारतका सङ्गीतप्रेमीहरुको पनि ध्यान तानेको एकदेव बताउँछन् ।

‘नेपालीहरूबाट एकदमै राम्रो प्रतिक्रिया आएको छ नै, भारतका श्रोताहरुले पनि हिन्दी भर्सनलाई मन पराइदिनुभयो’, उनी उत्साहित हुँदै भन्छन्, ‘यो सहकार्यले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सानो भए पनि भूमिका खेल्यो ।’
रिमेक भर्सन त्यो पनि हिन्दीमा निर्माण गर्नु कम चुनौतीपूर्ण पक्कै थिएन । किनभने चर्चित भइसकेको गीतबाट श्रोता-दर्शकले थप अपेक्षा राख्छन् ।
एकदेवको नेहासँग सहकार्य निकै राम्रो रह्यो । गीत सुन्ने बित्तिकै उनले मन पराएकी थिइन् । उनले नेपाली गीतमा लवज र शब्दलाई न्याय दिन धेरै मेहनत गरेको एकदेव बताउँछन् ।
‘गीतका लागि कसैबाट पनि बिगारियो वा नराम्रो बनाइयो भन्ने सुन्नुपरेको छैन । खुसीको कुरा गीतले सबैको अपेक्षा पूरा गर्न सफल भयो,’ एकदेव भन्छन् ।
‘झिमझिमाउने आँखा’ले युट्युबमा अहिलेसम्म ३ लाख ७० लाख भन्दा बढी भ्युज पाएको छ । उनले आफ्नो अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरेका छन् । जसले अहिलेसम्म ३७ मिलियन भ्युज पाइसकेको छ भने हिन्दी संस्करणले २ करोड २४ लाख बढी ।
एकदेवको नेहासँग सहकार्य निकै राम्रो रह्यो । गीत सुन्ने बित्तिकै उनले मन पराएकी थिइन् । उनले नेपाली गीतमा लवज र शब्दलाई न्याय दिन धेरै मेहनत गरेको एकदेव बताउँछन् । आफूले पनि हिन्दी गायनका लागि धेरै मेहनत गर्नुपरेको उनी सुनाउँछन् ।
‘हामी दुवैको मेहनतको प्रतिफल हो ‘झिमझिम’ । हामी दुवै जना यसको चर्चामा खुसी र उत्साहित छौ । यो मेहनत र सिकाइको संगम पनि हो,’ उनी भन्छन् ।

गीतले पाएको सफलताले उनलाई आर्थिक लाभ मात्र दिएको छैन, त्योभन्दा ठुलो आत्मसन्तुष्टि र नेपाली सङ्गीतको दायरा फराकिलो बनाउन पाएकोमा छ ।
उनी अगाडि भन्छन्, ‘म यति ठुलो सपना देख्छु कि त्यो सुनेर मान्छेहरू हाँस्छन् ।’
‘नेहाजीका विश्वभर रहनुभएका फ्यानहरूमाझ मेरो पहुँच पुग्यो । युट्युब र स्पोटीफाइजस्ता प्लेटफर्ममा नयाँ श्रोताहरू जोडिनुभएको छ । नेपाली कलाकारका लागि यो भन्दा ठुलो कुरा के हुन सक्छ र ?’ उनी भन्छन्, ‘बलिउडबाट केही अफर आइरहेका छन् । केही कामहरू हुँदैछन् । अहिले नै सबै भन्न मिल्दैन ।’ नेहासँगको सहकार्य जस्तै अब अर्को ‘सरप्राइज’ छिट्टै दिने उनको सोच छ ।
नेहासँगको सहकार्यलाई आफ्नो बलिउड यात्राको ढोका मान्छन् एकदेव । भविष्यमा अन्य धेरै भारतीय कलाकारसँग सहकार्य गर्ने सोच छ । जसको तयारीमा उनी लागिसकेका छन् ।
अब हलिउडको पनि सोच आयो कि ? रातोपाटीको प्रश्नको जवाफमा उनी भन्छन्, ‘भर्खर बलिउड यात्रा हुँदैछ । पहिले यहाँ राम्रोसँग चिनिऔँ, त्यसपछि स्टेप–स्टेप अघि बढौँला ।’
उनी अगाडि भन्छन्, ‘म यति ठुलो सपना देख्छु कि त्यो सुनेर मान्छेहरू हाँस्छन् ।’

सङ्गतले सङ्गीत
एकदेव सङ्गीतको उर्वर भूमि इलाममा जन्मे–हुर्केका हुन् । उच्च शिक्षाका लागि काठमाडौँ छिरेका उनीसँग त्यसबेला सङ्गीतप्रति कुनै सोच थिएन । काठमाडौँमा साथीभाइको सङ्गतले उनमा सङ्गीतको नशा लाग्यो । सुरुमा त उनलाई सङ्गीतमा लागेर गल्ती गरेँ कि भन्ने पछुतो पनि भएको थियो ।
‘बुबाको म राजनीतिज्ञ वा सरकारी कर्मचारी बनेको हेर्ने चाहना थियो,’ उनी सुनाउँछन्, ‘मेरो भाग्यमा सङ्गीतको बाटो कोरिएको रहेछ ।’ उनको सफलतामा अहिले बुबा पनि खुसी छन् ।
सङ्गीतमा अहिले राम्रै प्रतिस्पर्धा छ । त्यो प्रतिस्पर्धाको दौडमा आफूलाई सामेल गराउन चाहँदैनन् उनी । ‘कलाकारले अरूसँग होइन, हिजोको आफूसँग आज र आजको आफूसँग भोलि प्रतिस्पर्धा गर्नुपर्छ,’ उनी भन्छन्, ‘एकपछि अर्को गीत पहिले भन्दा राम्रो दिनुपर्ने अवस्थाले कलाकारलाई कहिल्यै सन्तुष्टि दिँदैन ।‘ ।
आफ्नो सिर्जनाबाट कलाकार कहिल्यै सन्तुष्ट हुनुहुँदैन भन्ने सोच राख्छन् एकदेव ।
‘त्यो दिन उसको सिर्जना र प्रगति रोकिन्छ, जुन दिन कलाकार सन्तुष्ट हुन्छ,’ उनी भन्छन्, ‘सिक्ने र अघि बढ्ने भोक सधैँ रहिरहनुपर्छ ।’
नेपाली सङ्गीतमा करिअर बनाउन आउने नयाँ कलाकारलाई उनी अरूको नक्कलभन्दा मौलिक भएर आउन सुझाउँछन् । उनी भन्छन्, ‘अगाडि बढ्न सधैँ तारिफ गर्नेहरूको भन्दा कमीकमजोरी देखाइदिनेको सङ्गतले सजिलो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण